शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब फोहोर व्यवस्थापनको बिल पनि खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने

बुधबार, २६ जेठ २०७८, १४ : ४१
बुधबार, २६ जेठ २०७८

काठमाडौं । खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरूसँगको सहकार्यमा प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निःशुल्क, झन्झट रहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । 

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौता पछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार  क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्बकल्याण सेवा थानकोट र क्लिन नेपालमा मात्रै संचालनमा ल्याएको छ । 

आगामी दिनमा चाँडै नै थप कम्पनीहरूसँग सहमति र सहकार्य गरि फोहोर व्यवस्थापन बिल खल्तीमार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ । 

सम्झौतामा हस्ताक्षर गरिसके पश्चात, खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले फोहोर संकलन गर्ने कम्पनीहरूसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहर मैलाको रकम झन्झट रहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने बताए । उक्त सेवा सफ्टवेर कम्पनी अपकोड नेपालको सहयोगमा सुरुवात भएको उनले बताए ।  

यो सेवाको लाभ लिन खल्तीको होम स्क्रिनमा रहेको ‘वेस्ट’मा ट्याप गरि आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरि ‘गेट डिटेल’ बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । अब, सबै विवरण ठिक भएको यकिन गरि सिधै बिल भुक्तानी गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप