शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती छिन् नुसरत जहां, श्रीमान् निखिल जैनलाई छैन यसको खबरः भाइरल भयो तसलिमा नसरिनको पोस्ट

बुधबार, २६ जेठ २०७८, १४ : २७
बुधबार, २६ जेठ २०७८

अभिनेत्रीबाट नेता बनेकी तृणमूल कांग्रेस (टीएमसी) सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । तर  बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो । खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् जसमा उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् । तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नाममा अभिनेतासँग प्रेममा छिन् ।’

‘मानिसहरुलाई लागिरहेको छ कि बच्चाका पिता यश हुन् निखिल होइनन् । यो साँच्चै हो कि अफवाह यसबारे थाहा छैन तर स्थिति यस्तै रहे के निखिल र नुसरतले सम्बन्धविच्छेद गर्नु नै राम्रो होइन र ? चमेरोजस्तै कुनै पनि अस्थिर सम्बन्धमा झुण्डिनको कुनै अर्थ छैन । दुबै पार्टी यसका कारण असुविधामा रहनेछन् ।’

तसलिमा थप्छिन्, ‘जब नुसरत र निखिलको विवाह भयो तब असाध्यै राम्रो लागेको थियो, सृजित र मिथिलाको विवाह जस्तो खुसी लागेको थियो, ठ्याक्कै त्यस्तै । किनभने म गैर सम्प्रदायिकतामा विश्वास राख्छु । यदि दुई धर्मका मानिसहरुबीच विवाह हुन्छ तब म निकै स्वभाविक कारणले खुसी हुन्छु ।’

‘जाति, धर्म आदिलाई हटाउनु छ भने विभिन्न जाती र विभिन्न धर्म भएका व्यक्तिबीच सम्बन्ध गाँसिनुपर्छ । यसो हुँदा हिंसा हट्न सक्छ । तर कसलाई थाहा थियो र, यदि प्यारो जोडी धेरै दिनसम्म खुसी हुन सक्दैन ।’

‘त्यसदिन एक फोटोमा नुसरतलाई देखेकी थिएँ । उनी एन्जेलिना जोलीजस्तै निकै सुन्दर देखिन्छिन्, उनले निकै राम्रो अभिनय पनि गर्छिन् । निश्चित रुपमा उनी आत्मनिर्भर छिन् । वास्तवमा यदि तपाईं आत्मनिर्भर र जागरुक हुनुहुन्छ, यदि तपाईंसँग आत्मविश्वास र आत्मसम्मान छ भने तपाईं आफ्नो बच्चाको संरक्षक बन्न सक्नुहुन्छ ।’

‘तपाईं आफ्नो बच्चालाई आफ्नो पहिचानले हुर्काउन सक्नुहुन्छ । पुरुषले आमने सामने हुन पर्दैन । वास्तवमा निखिल र यशमा के अन्तर छ ! अन्त्यमा पुरुष पुरुष नै हुन् । के हामीले दोस्रो विषालु जीवन बाँच्नका लागि दोस्रो विवाह गर्नैपर्छ ? त्यसपछि यो दौड समाप्त नै हुँदैन, मन पराएको व्यक्ति पनि मेल खाँदैनन् । स्वतन्त्र स्त्री र सोचेकै जस्तो पुरुष कल्पनामा मात्रै हुन्छन्, वास्तविकतामा होइन ।’

स्मरण रहोस्, नुसरत र निखिलले जून २०१९ मा टर्कीमा विवाह गरेका थिए । उनीहरुको फोटो सोसल मिडियामा थुप्रै दिनसम्म भाइरल भइरह्यो । विवाहपछि दुबैले एक–अर्कासँग आफ्ना थुप्रै फोटो सेयर गर्ने गर्दथे ।

अब पछिल्लो केही महिनादेखि दुईबीचको खटपट चर्चामा छ । चर्चा त यो पनि छ कि निखिलले नुसरत गर्भवती भएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनीहरु पछिल्लो ६ महिनादेखि अलग्गै बसिरहेको बताइएको छ । यसबाहेक नुसरत र अभिनेता यश दासगुप्ता प्रेम सम्बन्धमा रहेको पनि व्यापक चर्चा छ ।

यद्यपि, बंगाल चुनावका बेला यशले यसबारे स्पष्टिकरण दिएका थिए । उनले नुसरतसँग आफ्नो व्यावसायिक सम्बन्ध भएको बताएका थिए । यी दुई भिन्न भिन्न पार्टीका समर्थक हुन् । नुसरत टीएमसीकी र यश बिजेपीका समर्थक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप