बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साथीको हत्या गरेको अभियोगमा पक्राउ

बुधबार, २६ जेठ २०७८, १३ : ५०
बुधबार, २६ जेठ २०७८

कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट एक जना पक्राउ परेका छन् ।  आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 
मोतीपुरमा डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीमन ३६ वर्षीय विशाल बुढाथोकीको उनले हत्या गरेको प्रहरीको भनाइ छ ।।
 
टाउकोको पछाडी घाउ चोट रही विशाल मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सोम बहादुर पक्राउ परेका हुन् ।  ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बादबिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।  
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप