‘कोरोनाको तेस्रो लहरमा बालबालिका प्रभावित हुन्छन् भन्ने कुराको प्रमाण छैन’
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)का निर्देशकले कोरोनाको अर्को लहरमा बालबालिका प्रभावित हुन्छन् भन्ने कुराको हालसम्म कुनै प्रमाण फेला नपरेको बताएका छन् ।
एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका ६०–७० प्रतिशत बालबालिकामा अन्य रोग पनि भएको र अन्य समस्या नभएका बालबालिका हल्का लक्षणसहित घरमा नै निको भएको बताए ।
डाक्टर गुलेरियाले भने, ‘मलाई लाग्दैन कि हामीले भविष्यमा बालबालिकामा अत्यधिक गम्भीर संक्रमण देख्नेछौं ।’
‘पूरा विश्वमा वा भारतमा बालबालिका अत्यधिक प्रभावित भएका देखिएको छैन । दोस्रो लहरका बेला पाइएको डाटामार्फत् पनि थाहा हुन्छ कि संक्रमित भएका धेरैजसो बालबालिकामा हल्का लक्षण देखियो जबकी जसलाई अन्य गम्भीर रोग लागेको थियो उनीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो, ’ उनले भने ।
उनका अनुसार कोरोनाको नयाँ लहर देखिएका संसारका अन्य हिस्सामा पनि बालबालिका गम्भीर रुपमा प्रभावित भएको आँकडा देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण