‘बेञ्च गठनबारे अब कुनै पनि कुरा हामी सुन्दैनौँ’
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनबारेको मुद्दाको विषय केन्द्रीत बहस सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको छ। प्रधानन्यायाधीश राणाले आज यसअघि सरकारी वकिलबाट प्रश्न उठाइएका कार्की र भट्टराईलाई नै निरन्तरता दिएसँगै विषय केन्द्रीत बहस सुरु भएको हो ।
अहिले काँग्रेस सभापति शेरबहादुर देउवालगायतको रिटमाथि बहस सुरु भएको छ । जसमा वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन् ।
बहसअघि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे कुनै पनि कुरा आफूहरुले नसुन्ने बताए । ‘बेन्च गठनबारे अब कुनै पनि कुरा हामी सुन्दैनौँ । यो लास्ट हो बेञ्च गठनको सवालमा’, उनले भने, ‘न्यायलाई अनावश्यक विवादमा ल्याउनका लागि हामी सवैले अस्तिको विवादको दिनलाई बिर्सनलायक दिन बनाउनुपर्छ ।’
मुद्दालाई निष्कर्षमा लैजान आफूहरु एक ठाउँमा रहेको बताउँदै उनले हरेक कानुन व्यवसायीलाई बहसका लागि आधा घण्टाको समय दिइएको बताए । ‘समय हामीले जति तोकेका छौं समयको हकमा आधा घण्टा भन्दा दायाँ बायाँ हुँदैन’, उनले भने, ‘ हिजो अस्तिका सन्दर्भ कोट्याउन चाहन्न । हिजोका सन्दर्भ हाम्रो नोटिसमा छ । कुन ढंगबाट ती जिज्ञासालाई सम्वोधन गर्नुपर्छ त्यो हाम्रो जानकारीमा छ ।’
उनले कतिपय उठान गरिएका विषयको मौनतामा पनि जवाफ हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण