अझै अक्सिजनको सपोर्टमा दिलीप कुमार, स्वास्थ्यमा सुधार
बुधबार, २६ जेठ २०७८, ११ : १०
बलिउड फिल्मका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा सहभागी डाक्टर जलील पारकरले मङ्गलबार उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।
पारकरले भने ‘दिलीप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ । तर उनी अक्सिजन सपोर्टमा छन् ।’ केही दिन अगाडि सामाजिक संजालमा दिलीप कुमारको निधनको हल्ला समेत फैलिएको थियो । सोही कारण डा. पारकरले उनको स्वास्थ्यको अपडेट गराएका हुन् ।
यस अगाडि दिलीप कुमारले ट्वीट मार्फत कुनैपनि किसिमको हल्लालाई सत्य नमान्न अनुरोध गरेका थिए । डाक्टरका अनुसार २–३ भित्र उनी अस्पतालबाट डिस्चार्ज हुनेछन् ।
दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट