शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा लगातार दोस्रो दिन कोरोना संक्रमितको  संख्या १ लाखभन्दा कम

बुधबार, २६ जेठ २०७८, १० : ४८
बुधबार, २६ जेठ २०७८

भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम  रह्यो । मंगलबार ९२,७१९ जनामा कोरोना पुष्टि भयो र २,२२२ जनाको संक्रमणका कारण ज्यान गयो । यतिबेला १ लाख ६२ हजार २८० संक्रमित निको भए ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याको कुरा गर्ने हो भने मंगलबार यसमा ७१,७९२ को कमी रेकर्ड गरियो । पछिल्लो १५ दिनमा सक्रिय संक्रमितमा १३ लाख ५४ हजार ९७८ को कमी देखियो । भारतमा २४ मेमा २५.८१ लाख सक्रिय संक्रमित थिए जुन घटेर १२.२६ लाख भएको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल भेटिएका नयाँ संक्रमितः ९२,७१९

पछिल्लो २४ घण्टामा कूल निको भएकाः १.६२ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः २,२२२

हालसम्म संक्रमित भइसकेकाः २.९० करोड

हालसम्म निको भएकाः २.७४ करोड

हालसम्म कूल मृत्युः ३.५३ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १२.२६ लाख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप