शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

आज कुन देशको विनिमयदर कति छ ?

बुधबार, २६ जेठ २०७८, १० : ३४
बुधबार, २६ जेठ २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्टर्लिङ्ग एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।

आज स्वीस फ्रेङक एकको खरिददर १२९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ३५ रुपैयाँ रहेको छ ।

यस्तै, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप