
संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो ।
इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।
जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।
महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरु हट्नुपर्ने तर्क गरेका थिए । रिट निवेदक पक्षका कानुन व्यवसायीले भने बरिष्ठताका आधारमा इजलास गठन भएको हुनाले कार्की र भट्टराईले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।
त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि रिटमाथिको सुनुवाई अगाडि बढ्ने छ ।
जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाड्ने घोषणा गरेका थिए । रिट, निवेदकका तर्फका कानुन व्यवसायीले नेकपा विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।
इजलास गठनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । तर, बरिष्ठताका आधारमा गठन गरिएको इजलासबारे पनि सरकारी पक्षले असन्तुष्टि जनाएपछि सर्वोच्च अदालत थप विवादमा रुमलिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- June 9, 2021, 10:28 a.m. CN KOIRALAबस्छन् हो बस्छन् । बस्दिन भन्ने त चान्स नै छैन ।
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।