शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल

बुधबार, २६ जेठ २०७८, ०८ : १५
बुधबार, २६ जेठ २०७८

अमेरिका । कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालले अहिले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको अवस्था छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक आग्रह गराइदिन पत्र लेखिसकेकी छिन् ।

यसैवीच, नेपाललाई खोप उपलब्ध गराउन मेरिल्याण्ड राज्यका जनप्रतिनिधि ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेका छन् । भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईड व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिकरुपमा पत्र लेखेका छन् ।

नेपालले भारत र चीनलाई औपचारिक आग्रह गरेकै बखत भण्डारीले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरुलाई ईमेल लेखेर आग्रह गर्दै भनेका छन्, ‘नेपाललाई अहिले खोपको आवश्यकता छ, हामीले सहयोग गर्नु पर्दछ ।’

नेपाली पत्रकारसँग कुराकानी गर्दै भण्डारीले भने, आफू जन्मिएको देशका नागरिकलाई अप्ठ्यारो पर्दा सहयोग गर्न पाउनु आफैंमा गर्वको कुरा हो ।’

अमेरिकी सरकारले खोप उपलब्ध गराउने औपचारिक निर्णय भएपछि ग्लोबल हेल्थ इस्यूमा काम गरिरहेका क्रिस भ्यानले भण्डारीलाई ईमेले लेखेर नेपालका लागि यस्तो बिषम परिस्थितिमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

यसअघि नेपाललाई खोप उपलब्ध गराउने बिषयमा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा विश्व स्वास्थ्य उपसमिति अध्यक्ष क्रिस, अमेरिकामा रहेका उच्च अधिकारीहरुले भण्डारीको नेतृत्वमा जुम बैठक गरेका थिए ।

नेपालको पर्वत जिल्लामा जन्मिएका भण्डारीले करिव डेढ दशकदेखि अमेरिकी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । भण्डारीले अमेरिकी सरकारले उपलब्ध गराएको टीपीएसलाई ग्रिन कार्डको पथमा लैजानका लागि काम गरिररहेको जानकारी दिए ।

टीपीएसका लागि बाइडेन प्रशासनसमेत सकारात्मक रहेकाले नेपाली समुदायले ढोका ढक्ढक्याउनुपर्ने बेला भएको भण्डारीले बताए । यसमा आफूले काम गरिरहेको तर नेपाली समुदायका नेता तथा एनआरएनको संस्थागत सहभागिता आवश्यक रहेको उनले बताए ।

अहिले नेपालबाट डीभी प्राप्त गरेकाहरुका लागि अमेरिकी सरकारलाई औपचारिक आग्रह गर्दै सहयोग गरिरहेको जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप