बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज बुधबार तपाईंको भाग्यफल कस्तो छ ?

बुधबार, २६ जेठ २०७८, ०५ : ०६
बुधबार, २६ जेठ २०७८

विसं २०७८ साल जेठ २६ गते बुधबार । इस्वी सन् २०२१ जुन ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–चतुर्दशी, २१ घडी २० पला,  दिउँसो ०१ बजेर ४१ मिनेट उप्रान्त औँशी । नक्षत्र–कृतिका, ०९ घडी ५० पला, बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त रोहिणी । योग–सुकर्मा, ०६ घडी ११ पला,  बिहान ०७ बजेर ३८ मिनेट उप्रान्त धृति । करण– शकुनी,  दिउँसो ०१ बजेर ४१ मिनेट उप्रान्त चतुष्पद, रातको ०२ बजेर ४० मिनेट उप्रान्त नाग । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । 

काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी २९ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेको छ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ, ध्यान दिनुहोला । पढाइलेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरूतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला, खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पदप्रतिष्ठा पाउने योग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगीहरुको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेका छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घटना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटा साँघुरा हुनेछन्  । पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरू प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । प्रेममा एक अर्काबीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवनसाथीसँग अविश्वास बढेर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
पढाइलेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ । पतिपत्नी तथा मायाप्रेममा अविश्वास सिर्जना हुनेछ । सवारीसाधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको काम बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलाशी सामान प्राप्त हुने योग रहेको छ । पढाइलेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । मायाप्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णय तपार्इंकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
 समाजसेवामा समय व्यतित हुनेछ भने आफ्नो काम थाँती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
दाजुभाइ तथा छिमेकीबाट तपार्इंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रसन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप