बेलायतमा कोरोना संक्रमण फेरि उकालो लाग्दै

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ४८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख २८ हजार ४४२ पुगेको छ । अघिल्ला केहि दिनमा संक्रमित संख्या ६ हजार भन्दा कम रहेको थियो ।
बेलायतमा कोरोना संक्रमण दर बढ्दै गएपनि मृत्युदरमा भने खासै वृद्धि भएको छैन। बितेको २४ घन्टामा १३ जना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अघिल्लो दिन एकजनाको मात्र मृत्यु भएको थियो । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८५४ पुगेको छ ।
बेलायतमा ५३ प्रतिशतले लगाए खोपको दुवै डोज
बेलायतमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता ५३.६ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् । यसैगरी ७७ प्रतिशतले पहिलो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकमा उल्लेख छ ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ८८ लाख ८७९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५ लाख ७३ हजार ५१७ जनाले पहिलो डोज र दुई करोड ८२ लाख २७ हजार ३६२ जनाले दोस्रो डोज लगाएका हुन् । इङ्ल्यान्ड २५ देखि ३० वर्ष उमेर पुगेकालाई कोरोनाविरुद्ध खोपको लागि निमन्त्रणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : देशभर तापक्रम बढ्दै, केही स्थानमा वर्षा
-
आइतबार कुन राशिका लागि शुभ ?
-
एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता