अमेरिकामा अनाैठाे अफर : खोप लगाउनुहोस्, एक खिल्ली गाँजा निःशुल्क पाउनुहोस् !
मङ्गलबार, २५ जेठ २०७८, २२ : २७
आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन् ।
राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ ।
यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो । हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर