बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुबी भ्यालीमा आइशोलेसन सेन्टर स्थापना हुँदै

मङ्गलबार, २५ जेठ २०७८, २१ : ३४
मङ्गलबार, २५ जेठ २०७८

धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा  आइशोलेसन सेन्टर सञ्चालनमा आउने भएको छ । कोभिड महामारी फैलिएसँगै गाउँपालिकाले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । त्यसका लागि जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले  मेट्रेस, सिरानी, आई.बी.स्ट्याण्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र पाँचवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । 

गाउँपालिका एवं सिङ्ला पर्यटन क्षेत्र विकास समाजका प्रतिनिधि, जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव  मिलन भट्टलगायत व्यक्तिहरु सहयोग सामाग्रीसहित रुबी भ्याली पुगेका छन् । 
काठमाडौँबाट धादिङ बेसी हुँदै बोराङसम्म सवारी साधनमा लगिएको सहयोग सामाग्री  त्यहाँबाट पिठ्युँमा बोकेर पाँच घण्टाको यात्रापछि लापा गाउँसम्म पुयाइएको आश्रमका राष्ट्रिय संगठन सचिव भट्टले जानकारी दिए ।

आवश्यक औषधिसहितको पाँच सय थान मेडिसिन किट तयार रहेको र आगामी कार्यक्रममा हस्तान्तरण गरिने सेवा इन्टरनेशनल नेपालका प्रोजेक्ट कोओर्डिनेटर प्रसन्न वैद्यले जनाएका छन् । रुबी भ्याली गाउँपालिकाको कोभिड अस्पतालमा उपचाररत विरामी तथा तिनका कुरुवा समेतलाई मध्यनजर गर्दै आगामी एक महिनाको भोजन व्यवस्था पनि सेवा एवं कल्याण आश्रमका तर्फबाट गर्न लागिएको उनले बताए । 

सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपालसँगको सहकार्यमा काठमाडौँ, नेपालगञ्ज, भैरहवा, लमजुङ लगायतका स्थानमा पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप पठाइसकेको छ भने महेन्द्रनगरस्थित महाकाली अस्पताललाई एक महिनासम्म अक्सिजन आपूर्तिमा सहयोग पु¥याइरहेको छ । यसबाहेक विभिन्न सञ्चालनमा सञ्चालनमा रहेका औषधि आपूर्तिका लागि औषधि बैंक, खाद्यान्न आपूर्तिका लागि फूड बैंक आदिमा पनि सेवाले सहयोग पु¥याइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप