यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

लुम्बिनी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा प्रदेशवासीको जनजीवन उकास्नको लागि प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामलाई केन्द्रविन्दुमा राखेको छ । यस्तै सडक विस्तार, प्रदेश यातायातको गुरु योजनादेखि किसानलाई पुरस्कृत गर्नेसम्मका कार्यक्रमहरु समेटिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै एक स्थानीय तह एक खेलकुद संरचनादेखि सडक पुल निमार्ण गर्नेसम्मका कार्यक्रम प्रस्तुत गरे । नेपाल सरकारबाट शसर्त अनुदानमा सञ्चालित ३५ वटा सडक पुल र प्रदेश सरकारले निर्माण गर्ने एक सय १९ वटा सडक पुलमध्ये आगामी आर्थिक बर्षमा कम्तीमा एक सय एक वटा पुल निर्माण सम्पन्न गरिने उनले बताए ।
नीति तथा कार्यक्रममा आमाबाबु नभएका तथा अति विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउने उल्लेख छ । त्यस्ता बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा सामुदायीक विद्यालयमा निःशुल्क आवासीय शिक्षाको व्यवस्था प्रदेश सरकारले गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कोरोनाले तहसनहस पारेको आर्थिक क्षेत्र उकास्ने र नयाँ रोजगारी सिर्जना गर्ने दिशामा पनि बजेट प्राथमिकता रहने छ ।
प्रदेश प्रमुख यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले विरोध गर्दै वहिस्कार गरेका थिए । विपक्षी गठबन्धन दलका प्रमुख सचेतक र सत्तापक्षका सांसद मात्रै बैठकमा सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी