बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ओली पक्षका सात सांसदलाई २४ घण्टे स्पष्टीकरण

मङ्गलबार, २५ जेठ २०७८, २० : ४२
मङ्गलबार, २५ जेठ २०७८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई  एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । स्पष्टिकरण पत्रमा निर्धारित समयभित्र जवाफ नदिए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय विधानअनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

‘तपाईले नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको निर्देशन (ह्वीप) उल्लंघन गर्ने गम्भीर अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला’, स्पष्टीकरणमा भनिएको छ,  ‘निर्धारित समयभित्र स्पष्टिकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन भने तपाईलाई नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको विधान, २०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कारवाही हुने जानकारी गराइन्छ ।’

स्पष्टीकरण सोधिएका ७ जना सांसद अध्यक्ष ओली पक्षका हुन् भने संसदीय दलका नेता शाह खनाल नेपाल पक्षका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप