शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामेछापका तीन युवकले दिए अस्पताललाई स्वास्थ्य सामाग्री

मङ्गलबार, २५ जेठ २०७८, २० : २१
मङ्गलबार, २५ जेठ २०७८

रामेछाप गोकुलगंगा गाउँपालिकाका तीन युवाले गोकुलगंगा गाउँपालिका अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।  सो गाउँपालिका वडा नं ५ नामाडीका  दिनेश थापा, प्रह्लाद खड्का र शंकर थापाले कोभिडमा अक्सिजन नपाएर अकालका मृत्यूबरण गर्न नपरोस भनेर अक्सिजन सिलिन्डर  अस्पताललाई हस्तान्तरण गरेका छन् । 

उनीहरुले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि ५ थान अक्सिजन सिलिन्डर, ५ हजार थान सर्जिकल मास्क, २० लिटर सेनिटाइजर, औषधी, ब्ल्याङ्केट र ५० हजार नगद  गाउँपालिका अध्यक्ष  खड्गबहादुर सुनुवार मार्फत गोकुलगंगा गाउँपालिका अस्पताललाई हस्तान्तरण गरेका हुन् । 

आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै कोरोना कहरलाई निस्तेज पार्न युवाहरु जिल्लामा स्थानीय निकायसँग सहकार्य गर्दै जाने अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप