केन्द्रीय संस्करण

कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउदै नोबेल अस्पताल सञ्चालक डा.शर्मा

person explore access_timeजेठ २५, २०७८ chat_bubble_outline1

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा.शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउँन थालेका हुन् ।

नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरुलाई केही सहयोग पुर्‍याउँन भनेर हामीले आजबाट निःशुल्क खाना खुवाउन थालेका छौं,’ डा.शर्माले भने, ‘अस्पतालमा भएका सबै कोरोना संक्रमितलाई असार मसान्तसम्म बिहान बेलुकाको खाना निःशुल्क खुवाउँछौ । सम्भव भयो भने त्यो भन्दा पछि पनि खुवाउने सोचमा छु ।’     

नोबेल अस्पतालमा अहिले १२० जना कोरोना संक्रमित उपचाररत छन् । मंगलबार बिहान सबै संक्रमितलाई निःशुल्क खाना वितरण गरिएको छ । अस्पतालमा भएका सबै संक्रमितलाई हरेक दिन बिहान–बेलुका दाल, भात, तरकारीसहितको खानाको प्याकेट र एक÷एक बोतल मिनरल वाटर वितरण गरिने खाना वितरणमा खटिएकी नोबेल अस्पतालकी डा.बन्दना घिमिरेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिदै आएको छ । अब, अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्माले आफ्नै तर्फबाट खाना पनि निःशुल्क वितरण गर्न थालेपछि विरामीहरुलाई थप राहत मिलेको छ । डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । गतवर्ष उनले मोरङको क्षेत्र नं.३ का बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र काने पोखरीका कोरोना प्रभावित जनतालाई राहत वितरण गर्न ४० लाख सहयोग प्रदान गरेका थिए ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. June 9, 2021, 3:38 p.m. tanka prasad dhakal
    GRAET JOB MAN SERVICE IS MADHAB SERVICE
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.