शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री पुर्याउँदै राधा पौडेल फाउन्डेसन

मङ्गलबार, २५ जेठ २०७८, १९ : ५८
मङ्गलबार, २५ जेठ २०७८

काठमाडौं । कोभिड–१९ महामारीका कारण विभिन्न जिल्लामा देखिएको बेड तथा स्वास्थ्य उपकरणको अभाव व्यवस्थापनका लागि राधा पौडेल फाउन्डेसनले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । 

फाउन्डेसनले स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक पर्ने बेड सेट (म्याट्रेस, सिरानी, तन्ना), नेबुलाइजर, आईभी ड्रिप स्ट्यान्ड, लकर, पीपीई सेट, अक्सिमिटर, बीपी सेट, अक्सिजन कन्सन्ट्रेटर, डिग्निटी हाइजिन किट, फेस सिल्डलगायतका सामाग्री हस्तान्तरण गरेको संस्थाकी कार्यक्रम संयोजक अनुपा रेग्मीले बताइन् ।  

फाउन्डेसनले लमजुङ, बागलुङ, गोरखा, बारा, सिन्धुपाल्चोक, अछामलगायतका जिल्लाका स्वास्थ्य संस्थालाई माथि उल्लेखित अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

फाउन्डेसनले अस्पतालहरुमा अक्सिजनको अभावका कारण संक्रमितको मृत्यु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न अस्पतालहरूसँगको समन्वयमा परामर्श सेवा, अस्पतालहरुमा बेड व्यवस्थापन र अक्सिजन व्यवस्थापन कार्य पनि गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप