शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ

मङ्गलबार, २५ जेठ २०७८, १९ : ३२
मङ्गलबार, २५ जेठ २०७८

दाङ प्रहरीले बेग्ला बेग्लै मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले दाङ देउखुरी जिल्ला अदालतबाट २०६१ साल बैशाख ७ गते चोरी मुद्दामा ५५ हजार जरिवाना फैसला सुनाइएका घोराही–१५ ट्राफिक चोकका ३६ वर्षीय सुबी चौधरीसहित २ जनालाई पक्राउ गरेको हो । चौधरीलाई प्रहरीले मंगलबार दिउँसो ४ बजे सोही स्थानबाट पक्राउ गरेको हो ।

त्यस्तै २०७४ साल फागुन १४ गते सोही अदालतबाट वन मुद्दामा १ लाख ३८ हजार ९ सय १७ रुपैयाँ ३७ पैसा जरिवाना फैसला सुनाइएका घोराही–२ निमुरियाका ५५ वर्षीय सिरिमान चौधरीलाई पनि मंगलबार साँझ ५ बजे पक्राउ गरिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप