बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होन्डा सीबी ३५० डीएलएक्स नेपालमा, मूल्य ७ लाख ५० हजार

मङ्गलबार, २५ जेठ २०७८, १९ : १०
मङ्गलबार, २५ जेठ २०७८

काठमाडौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बहु होन्डाको सीबी ३५० डीएलएक्स नेपालमा भित्र्याएको छ । 

स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरिएको हो । 

नेपालमा होन्डाको सीबी मोडलका बाइकहरुको माग छ । होन्डा सीबी ३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुनेमा होन्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । 

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रंगहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् । 

नेपाली बजारमा यस होन्डा सीबी ३५० डीएलएक्सको मूल्य ७ लाख ५० हजार तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप