पुँजी बजारको आकर्षण सरकार प्रतिको विश्वास हो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्नु नै सरकार प्रतिको विश्वास रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
सो अवसरमा मन्त्री पौडेलले लगानीकर्ताको लगानी सुरक्षित गर्न र विश्वास गुम्न नदिन पूँजी बजारको विस्तार हुने वातावरण तयार गर्न समेत बोर्डलाई निर्देशन दिएका छन् । बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार तत्काल सुरु गर्न र पुँजी बजारमा भएका कमी कमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि उनले निर्देशन दिएका छन् ।
सो अवसरमा मन्त्री पौडेलले बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन हुनेमा कुनै शंका नभएको दोहो-याएका छन् । बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताउँदै उनले बजेटको कार्यान्वयनको पक्षलाई लिएर कोही पनि दुविधा र अन्योल नरहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’