एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै सरकार
सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ । विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले स्वास्थ्य चिकित्सक तथा नर्स लगायत स्वास्थ्यकर्मीले एकभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन यो कार्यक्रम ल्याएको हो ।
यससम्बन्धी कार्यविधि तयार भइसकेकाले अब एक साताभित्र कार्यन्वयन गर्ने तयारी सरकारले गरेको छ । यस कार्यविधि लागू गर्नका लागि कार्यरत संस्थाले अतिरिक्त भत्ता र अन्य सुविधा उपलव्ध गराउने, कार्यविधिअनुसार कार्य सम्पादनका आधारमा चिकित्सकलाई शतप्रतिशत र कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा ८० प्रतिशत अतिरिक्त भत्ता चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दिइनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको निशुल्क स्वास्थ्य बीमा र व्यवसायीक क्षमता अभिवृद्धि तालिमको पनि व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।
संस्थाले बढीमा वार्षिक १० लाख रुपैया सम्मको अनुदान दिने तथा अतिरिक्त भत्ताको निर्धारण कार्यसम्पादनको आधारमा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले यसअघि चिकित्सकलाई २०० देखि ३७५ प्रतिशत भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण