बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म कालोपत्रे हुने

मङ्गलबार, २५ जेठ २०७८, १८ : ००
मङ्गलबार, २५ जेठ २०७८

तेह्रथुमको सुके पोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सो का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुमको छाते ढुङ्गा, ईवा, ह्वाकु र चोकपुर  खण्ड कालोपत्रे हुन लागेको हो ।

नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि  निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कालोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी  ई.माधव पौडेलले बताए । यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मन्त्रालयले पाथीभरा क्षेत्रको लागि रु ९५ करोडको ठेक्का आह्वान गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप