शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा जुवाको खेलिरहेको अवस्थामा ५ जना पक्राउ

मङ्गलबार, २५ जेठ २०७८, १७ : २८
मङ्गलबार, २५ जेठ २०७८

 हेटौंडामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 
मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित रुस्तम कोईरालाको डेरामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद २८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राउ पर्नेमा डेरावाला बर्ष ४० का रुस्तम कोईराला, हेटौंडा–४ बस्ने बर्ष ५४ को अमर प्रधान, बर्ष ४० का प्रकाश मानान्धर, बर्ष ३३ का बिनोद घर्ती र चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–६ बस्ने बर्ष ४४ का सुरेश पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । 

उनीहरुको साथबाट नगद २८ हजार रुपैयाँसहित ६ बुक तास फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई नगदसहित नियन्त्रणमा लिई जुवा मुद्दा दर्ता गरी म्याद थप गर्ने तयारी भइरहेको प्रवक्ता रिमालले बताए । 
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप