सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा ह्वावेको सहभागिता

मङ्गलबार, २५ जेठ २०७८, १६ : ५५
मङ्गलबार, २५ जेठ २०७८

काठमाडौं । ‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा ह्वावेले सहभागिता जनाएको छ । ह्वावेले रोयटर्स इभेन्ट्सद्वारा आयोजित एक भर्चुअल कार्यक्रम ‘रेस्पन्सिबल ब्यवसाय २०२१’ मा सहभागिता जनाएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौता, प्रतिबद्धता र विश्वव्यापी स्थिरता परिवर्तनका उपायहरूको बारेमा सहभागिहरु बीच छलफल भएको थियो । ह्वावे पनि रेस्पन्सिबल ब्यवसाय २०२१ का प्रायोजकहरू मध्ये एक हो ।

ह्वावे कर्पोरेटका वरिष्ठ उपाध्यक्ष तथा बोर्डका निर्देशक क्याथरिन चेनले कार्बन तटस्थता, गोलाकार अर्थव्यवस्था, उर्जा दक्षता वा फोहोर व्यवस्थापन निकै आवश्यक दिगो परिवर्तनको केन्द्रमा रहेको बताइन् ।

उनले कार्बन उत्सर्जन घटाउने र नवीकरणीय उर्जाको प्रयोगलाई ध्यान दिने कुरामा जोड दिएकी थिइन् । निर्देशक चेनले ६० भन्दा बढी देशहरूमा व्यापक रूपमा प्रयोग भइरहेको ह्वावे स्मार्ट पिभी सोलुसन माथि प्रकाश पारेकी थिइन् ।

उनले अगाडि भनिन्  ‘समस्त रुपमा भन्नु पर्दा व्यापक जमिन–आधारित बिजुली प्लान्टहरूमा तैनाथ गर्दा ह्वावे स्मार्ट एख् सोलुसनले ७% ले बिजुली उत्पादन लागत घटाउन मद्दत गर्दछ । उद्यम क्याम्पस र घरहरूमा प्रयोग गर्दा तिनीहरूले बिजुली उत्पादन २% बढाउन सक्दछन् र बिजुली उपभोग लागत कम गर्न सक्छन् ।’ 

रोयटर्स इभेन्ट्स सस्टेनेबल बिजनेसका प्रबन्ध निर्देशक लियम डोउडले रेस्पन्सिबल व्यवसाय २०२१ ले व्यवसायहरूको लागि व्यवसायका केही भागहरू पुनः सोच्नको लागि राखिएको मागलाई स्पष्टसँग जोडेको बताए । उनले कार्यक्रम मार्फत नयाँ निश्चित कार्यहरू, सहयोग गर्ने नयाँ तरिका र सबै साझेदारहरू बीच खुला इनोभेसनका लागि एक उत्कृष्ट प्लेटफर्म प्रदान भएको बताए । उनले अगाडि भने, ‘ह्वावे जस्ता कम्पनीहरूले न्यायिक परिवर्तनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछन् र कम्पनीहरूका लागि उनीहरूको व्यवसाय रुपान्तरण गर्नका लागि रोल मोडेलको रूपमा काम गर्न सक्दछन् ।’

कार्यक्रममा प्रख्यात लिडर र उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागि थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप