बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुने
बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् ।
नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका हुन् ।
बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।
सो छलफलपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान