बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थगित कर्णाली प्रदेशसभा बैठक सुरु हुन सकेन

मङ्गलबार, २५ जेठ २०७८, १६ : ०७
मङ्गलबार, २५ जेठ २०७८

मंगलबार २ बजे बोलाइएको कर्णाली प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन ।

सोमबार कार्यसूचीमा प्रवेशनै नगरी स्थगित प्रदेशसभाको आठौं अधिवेशन बैठक पुर्व निर्धारित समय भन्दा बढि दुई घण्टा बित्दा समेत सुरु नभएपछि अनिश्चित बनेको छ ।

कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले लिएपछि बैठक स्थगित भएको थियो ।

एमालेका संसदीय दलका नेता यामलाल कँडेल र सांसद करविर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजे सम्मका लागि बैठक स्थगित गरेका थिए ।

सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा छलफल चलिरहेपनि सहमति नभएकाले आजको बैठक बस्ने नबस्ने अनिश्चित रहेको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप