शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

मङ्गलबार, २५ जेठ २०७८, १५ : ५९
मङ्गलबार, २५ जेठ २०७८

कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा  गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।

शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे ।

राष्ट्रिय विद्युत प्रसारण पुगेसँगै कालिकोटमा लोडसेडिङको अन्त्य भएको छ । 
सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत लाइन पुगेको विद्युत प्रसारण लाइन कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए  । 
 केही दिनअघि मात्रै परिक्षणका लागि सुचना जारी गरिएकाे थियाे । साेमबार राति १० बजेदेखि  विद्युत लाइन छाडेकाे प्रमुख जाेशीले बताए ।

यस अघि कालिकोटको मान्मा बजार क्षेत्र र आसपासमा पोतमारा लघु जलविद्युत आयोजना मार्फत् विद्युत वितरण गरिँदै आइएको थियो । लघु  जलविद्युतको पावर हाउसमा समस्या देखिएपछि एक वर्षदेखि वितरणमा समस्या आएको थियो । 
जेनेरेटरबाट पनि न्यून मात्रामा विद्युत सप्लाइ हुने गरेकाे उनले बताए ।हाल कालिकोटको खाँडचक्र नगरपालिका र सानीत्रिवेणी गाउँपालिकामा तीन हजार ८०० भन्दा बढी ग्राहक छन् । कोरोनाको अवस्था सहज भएपछि थप ग्राहक (मिटर बक्स वितरण) बढाइने बताइएको जाेशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप