सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विदेशी ऋण भुक्तानीको सटही सुविधाका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

मङ्गलबार, २५ जेठ २०७८, १५ : २९
मङ्गलबार, २५ जेठ २०७८

विदेशी ऋण भुक्तानीको लागि सटही सुविधा दिन केन्द्रिय बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंक बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली २०७८ जारी गर्दै मुद्राको सटही सुविधाका लागि कागजात सहितको निवेदन बैंक तथा वित्तीय संस्थालाई दिनुपर्ने जनाएको हो ।

यो विनियमावली बमोजिम विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्था र विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/ संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्था फरक परेमा विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/ संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्थामा जुन मुद्रामा विदेशी लगानी वा विदेशी ऋण बापतको रकम प्राप्त भएको हो सोही मुद्रामा नै स्थानान्तरण गर्नुपर्नेछ । यसरी रकम स्थानान्तरण गर्दा विदेशी लगानी वा विदेशी ऋण बापत प्राप्त भएको विदेशी मुद्रामा कुनै प्रकारको शुल्क/कमिसन वा फि बापत रकम कट्टा गरेको भएमा सो रकम समेत स्पष्ट रूपमा खुलाई स्थानान्तरण गर्नुपर्नेछ । राष्ट्र बैंकले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटहीमा पनि केही सहजीकरण गरेको छ ।

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

 विदेशी लगानी भित्र्याउन  नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिए पनि हुने भएको छ ।  विदेशी लगानीकर्ताले विदेशी लगानी स्विकृत गर्ने निकायबाट लगानीको स्विकृत प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने केन्द्रिय बैंकले जनाएको छ  ।

 तर लगानी भित्रिएपछि राष्ट्र बैंकमा लेखाङ्कन भने गर्नुपर्छ । यसअघि लेखाङ्कन नभएको भए अब सूचना जारी गरेर एक बर्षको समय दिइने व्यवस्था गरेको छ  र कागजपत्र पुरा भएको सात दिनभित्र लेखाङ्कन हुनेछ ।

विदेशी ऋण लिन भने राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । सो ऋणको लागि १५ दिनभित्र स्वीकृति उपलब्ध हुने व्यवस्था गरिएको छ । सो ऋणको लेखाङ्कन ६ महिनाभित्र गर्नुपर्छ। भुक्तानी तालिका तोकेर ऋण आएको छ भने बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुने छ। राष्ट्र बैंक जानु पर्नेछैन । नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्छन्। यसका लागि नौ वटा कागजपत्र आवश्यक पर्छ ।  विदेशबाट रकम भित्रिएको र फिर्ता बाहिरिएको विवरण बैक तथा वित्तीय संस्थाले केन्द्रिय बैंकलाई उपलब्ध गराउनु पर्ने छ

विदेशी लगानी भनेको विदेशी मुद्रामा गरिएको सेयर लगानी, उद्योगमा विदेशी लगानीबाट प्राप्त लाभांश रकमको पुन लगानी, लिज लगानी, पुँजी लगानी कोषमा गरेको लगानी , धितोपत्रको दोस्रो बजारमा गरेको लगानी लगायतलाई बुझाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप