शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२० मिनेटको रोलले परिवर्तन गरेको थियो यी नायिकाको भाग्यः खुट्टा छुनका लागि लाग्थ्यो प्रशंसकको भीड

शुक्रबार, ०९ असार २०७४, १२ : ४७
शुक्रबार, ०९ असार २०७४

फिल्मी क्षेत्रमा यस्तो अवस्था पनि थियो जब देवी देवतामाथि आधारित फिल्म अत्यधिक बन्ने गर्दथे । रामायण र महाभारतका साथै थुप्रै देवी देवतामा आधारित फिल्म बने । ७० को दशकमा यस्ता फिल्म निकै हिट पनि हुने गर्दथे । यस्तैमा सन् १९७५ मा एक फिल्म आएको थियो ‘जय सन्तोषी माँ’ ।

उक्त फिल्ममा सन्तोषी माँको भूमिका अनिता गुहाले निभाएकी थिइन् । अनिताको फिल्ममा १५ देखि २० मिनेटको रोल थियो । अनिताले कशिले पनि सोचेकी थिइनन् कि फिल्म बक्स अफिसमा चल्नेछ । तर यो फिल्मले पछि रेकर्ड तोड कमाई गरेको थियो । उक्त एक फिल्मले अनिता रातारात स्टार बनेकी थिइन् ।

उक्त फिल्मको २० मिनेटको रोलले उनलाई वास्तवमा नै देवीको दर्जा दिएको थियो । अनिताले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गरेकी थिइन् । अनिता गुहा मिस कोलकाता बनिसकेकी थिइन् । त्यसपछि उनी मुम्बईमा एक ट्यालेन्स शो मा भाग लिन गइन् ।

यता बाटै उनको बलिउडमा प्रवेश भयो । अनिताले एक बंगाली फिल्म ‘बान्शेर केला’ बाट आफ्नो डेब्यू गरे । त्यसपछि उनले ‘छुमन्तर’ फिल्ममा काम गरिन् । अनिता फिल्मकी साइड हिरोइन थिइन् । बिस्तारै बिस्तारै अनिताको करियरले गती समात्यो । यद्यपी, अनितालाई हिन्दी आउँदैनथ्यो ।

अनिताले निकै चाँडै हिन्दी सिकिन् । यसै बिच अनितालाई फिल्म ‘सन्तोषी माँ’ मा क्यामियो गर्ने मौका पाइन् । अनितालाई त्यतिबेला ‘सन्तोषी माँ’ नामकी देवी पनि हुन्छन् भन्ने थाहा थिएन । अनिता बंगाली भएका कारण काली माँ लाई पुज्ने गर्दथिन् । अनिताले फिल्मको सुटिङ १२ दिनमा पूरा गरिन् ।

फिल्मको सुटिङको क्रममा अनिता ब्रत बस्थिन् । लो बजेट फिल्म हुँदा पनि यो एक ब्लकबस्टर फिल्म बन्यो । फिल्मसँगै अनिताको चर्चा निकै बढ्यो । जसले यो फिल्म हेर्न जान्थे, उनीहरु हल बाहिर चप्पल फुकालेर भित्र जान्थे ।

हलमा प्रसाद पनि बाँडिनथ्यो । अनिताले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मानिसहरु म भए ठाउँ आएर उनीहरुको टाउकोमा हात राखेर आशिर्वाद दिन भन्थे ।’ मानिसहरु उनलाई देवी जस्तै पूज्ने गर्दथे । विशेष कुरा के छ भने यसै फिल्मपछि मानिसहरु ‘सन्तोषी माँ’ लाई पूजा गर्न थालेका थिए ।

अनिता आफ्नो देवीको इमेजबाट खुसी थिइनन् । त्यसकारण उनले अन्य फिल्म खेल्न सुरु गरिन् तर फ्लप भइन् । अनिताले नायक मानिक दत्तसँग विवाह गरेकी थिइन् । दुबैको कुनै सन्तान थिएनन् । श्रीमानका् मृत्युपछि अनिता वर्षौंसम्म एक्लै रहिन् । सन् २००७ मा उनको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप