बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

मङ्गलबार, २५ जेठ २०७८, १४ : ३०
मङ्गलबार, २५ जेठ २०७८

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेको छ । विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गर्न बैंकले सो विनियमावली ल्याएको हो । 

योसँगै अब विदेशी लगानी बापत आउने विदेशी मुद्राका लागि बैंकसँग स्वीकृति लिइरहनु नपर्ने भएको छ भने लगानीको प्रतिफल समेत लगानीकर्ताले सहजै लैजान पाउने भएका छन् ।  हाल विदेशी लगानी सम्बन्धी झन्झटिलो प्रावधान तथा व्यवधानका कारण विदेशी लगानी उल्लेखनीय मात्रामा आउन नसकेको भन्दै विदेशी लगानी आकर्षण गर्नकै लागि सरकारले यस्तो नीति लिएको देखिन्छ ।   

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी बैंकले यस्तो विनियमावली ल्याएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप