कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि नि:शुल्क ‘मोबाइल एप’
‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परिक्षाको तयारीका लागि टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले “टुल नेपाल” नामक एप (मोबाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ ।
निःशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’ मा विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए. आदि) अन्तर्गतका विभिन्न विषयहरूमा १० हजार भन्दा बढी वस्तुगत बहुवैकल्पिक प्रश्नहरु (एम.सि.क्यू.) को अभ्यास (प्राक्टिस) गरी तयारी गर्न सक्नेछन् ।
कम्पनीका सञ्चालक प्रवेग शर्माका अनुसार प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएको हुनाले विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुनेछ । उनले भने, ‘पुराना वर्षहरुका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिकरुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीहरूका साथै विभिन्न कलेजहरूको विस्तृत विवरणहरूले यो ‘एप’ लाई अझ प्रभावकारी बनाएको छ ।’ कलेजहरुले चाहेको खण्डमा यसै ‘एप’ मार्फत् प्रवेश परीक्षा सञ्चालन र विभिन्न सुचनाहरु प्रकाशित गर्न समेत सक्ने सुविधा यसैमा मिलाइएकाले यो बहुउपयोगी रहेको शर्माले दाबी गरे ।
विद्यमान कोरोना कहरका बिच विद्यार्थीहरुले यो ‘एप’ का माध्यमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षित रुपले घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गरेर आफूले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वास गर्न सकिन्छ । यो ‘मोबाइल एप’ हाल ‘एन्ड्रोइड’ र ‘वेव भर्जन’ मा उपलव्ध रहेको र छिट्टै ‘आइओएस’ मा पनि उपलब्ध हुने शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा