बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिभीका ‘महादेव’ ले सुशान्तले झैं आत्महत्या गर्न लागेको दाबीपछि हंगामा

मङ्गलबार, २५ जेठ २०७८, १३ : २०
मङ्गलबार, २५ जेठ २०७८

टिभी जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् ।

वास्वतमा मोहित रैनाको विषयमा केही दिन अघि सोसल मिडियामा केही पोष्ट सार्वजनिक भएका थिए जसमा सुशान्त सिंह राजपूतको झैं यी अभिनेताको पनि ज्यानलाई खतरा भएको दाबी गरिएको थियो । नायिका सारा शर्माले ‘देवों के देव महादेव’ सिरियलका अभिनेताको विषयमा एउटा पोस्ट सेयर गरेकी थिइन् जसमा उनले आफूलाई मोहित रैनाकी शुभचिन्तक बताउँदै सोसल मिडियामा ‘मोहित बचाओ’ अभियानको सुरुवात गरेकी थिइन् ।

नायिकाले आफ्नो पोस्टमा मोहित रैनाको स्थिति दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको जस्तै भइसकेको र उनले कुनै पनि बेला आफ्नो ज्यान लिनसक्ने दाबी गरेकी थिइन् । यो पोस्टमा मोहित रैना र उनको परिवारले खबरलाई बकवास बताउँदै उनी पूर्ण रुपमा ठिक भएको स्पष्टिकरण दिए । तर अभिनेताको विषयमा यस्ता पोस्टको सिलसिला जारी रह्यो । अब अभिनेताले यो विषयमा नायिका सारा शमाएसपहत चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् ।

मोहित हालै मुम्बईको बोरिवली अदालत पुगेका थिए र अदालतको आदेशपछि उनले मुम्बई प्रहरीमा नायिकाविरुद्ध एफआइार दर्ता गराएका छन् । मोहितले सारा शर्मासहित आशिव शर्मा, परविन शर्मा र मिथिलेश तिवारीविरुद्ध मुम्बईको प्रहरी स्टेशनमा आइतबार ऊजुरी दर्ता गरेका छन् ।

प्रहरीले चारैजनाविरुद्ध धम्काएको, आपराधिक षड्यन्त्र रचेको, फिरौती मागेको र प्रहरीलाई गलत जानकारी दिएको भन्दै ऊजुरी दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप