आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले यी स्थानमा लगाउँदैछ चिनियाँ खाेप (सूची)

मङ्गलबार, २५ जेठ २०७८, १२ : ०९
मङ्गलबार, २५ जेठ २०७८

आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइँदै छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । 

खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ।  खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई दुई डोज खोप दिनुपर्छ। चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ। त्यसमा पनि तिब्बतस्थित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ।

ललितपुर महानगरका २९ वटै वडामा पनि खोप अभियान सञ्चालन भइरहेको छ । महानगरको निर्देशनमा ललितपुरको नगरप्रहरीले खोप केन्द्र व्यवस्थापनमा सहजीकरण गरिरहेको ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए । यसको साथै नगर प्रहरीले खोप लगाउन कोही पनि नछुटुन् भनेर यसबारे जानकारी दिन टोलटोलमा पुगेर माइकिङ गरिरहेको पनि बताए ।

हेर्नुहाेस् खाेप लगाउने स्थानको सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप