प्रदेश १- बजेटको सिद्धान्त,प्राथमिकता तथा प्रमुख नीतिमाथि छलफल शुरु हुने
मङ्गलबार, २५ जेठ २०७८, ११ : ५७
प्रदेश १ को प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त,प्राथमिकता तथा प्रमुख नीति माथि छलफल शुरु हुने भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्गले पूर्व बजेट छलफलका रुपमा बजेटको सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीति बैठकमा छलफलका लागि पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।
उनले मन्त्री आङ्बुहाङ्गले संसद बैठकमा बजेटको सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीतिमाथि छलफल प्रारम्भ गरियोस भनि राखेको प्रस्ताव पारित भएपछि सभामा पूर्व बजेट छलफल प्रारम्भ भएको हुनेछ। प्रदेश सभाको आजको बैठक १२ः ३० बजेको लागि आव्हान गरिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर करिब ३३ अर्बको हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
-
बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?