शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, डेल्टा भेरियन्टजस्तै खतरनाक

मङ्गलबार, २५ जेठ २०७८, १० : ४८
मङ्गलबार, २५ जेठ २०७८

भारतमा कोरोना नियन्त्रणमा आउनै लागेको आशाबीच पुनः एक डरलाग्दो खबर आएको छ । पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) ले कोरोनाभाइरसको जिनोम सिक्वेन्सिङमा नयाँ भेरियन्ट पत्ता लगाएको छ ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार यो भेरियन्ट बेलायत र ब्राजिलबाट भारतमा आएका व्यक्तिहरुमा पाइएको हो । इन्स्टिच्युटले यसलाई B.1.1.28.2 नाम दिएको छ । यो भारतमा पाइएको डेल्टा भेरियन्टजस्तै गम्भीर भएको बताइएको छ । यसद्वारा संक्रमित व्यक्तिहरुमा कोरोनाको गम्भीर लक्षण देख्न सकिन्छ ।

भ्याक्सिनका लागि स्क्रिनिङको आवश्यकताः

भेरियन्टको अनुसन्धान गर्दा यसले मानिसहरुलाई गम्भीर रुपमा बिरामी बनाउन सक्ने तथ्य पाइएको छ । यो भेरियन्टविरुद्ध भ्याक्सिन प्रभावकारी छ छैन भन्नका लागि स्क्रिनिङको आवश्यकता भएको जानकारीमा उल्लेख छ । NIV द्वारा गरिएको यो अनुसन्धान bioRxiv  मा अनलाइन प्रकाशित भएको छ ।

यस्तै, यहि संस्थाको अर्को एउटा अनुसन्धानमा बताइए अनुसार भारतको कोरोना भ्याक्सिन कोभ्याक्सिन यो भेरियन्टविरुद्ध असरदार रहेको र भ्याक्सिनको दुईवटा डोजले जुन एन्टीबडी बन्छ, त्यसले यो भेरियन्टलाई न्यूट्रिलाइज गर्न सकिन्छ ।

तौल कम र फोक्सो खराब गर्न सक्छः

स्वास्थ्य विज्ञका अनुसार  B.1.1.28.2​ भेरियन्टद्वारा संक्रमित भएपछि व्यक्तिको तौल कम हुन थाल्छ । संक्रमण तीब्र रुपमा फैलिँदा बिरामीको फोक्सो खराब हुने गर्छ । यो भेरियन्ट फोक्सोमा घाउ र त्यसमा भारी क्षतिको कारण बन्न सक्छ । शोधमा कोभिडको जिनोम सर्भिलान्सको आवश्यकतामा जोड दिइएको छ ता कि कोरोनाका नयाँ नयाँ भेरियन्टबारे छिटोभन्दा छिटो पत्ता लगाउन सकियोस् ।

हालसम्म १० प्रयोगशालामा ३० हजार स्याम्पल सिक्वेन्स भएः

जिनोम सिक्वेन्सिङ प्रयोगशालाले यस्ता म्युटेन्ट्सबारे पत्ता लगाइरहेको छ जुन कोरोना संक्रमणमा अचानक देखिएको वृद्धिको कारण बन्ने गर्छ । हाल इन्डियन सार्स–कोव–टु जिनोम सिक्वेन्सिङ कन्सोर्टिया अन्तर्गत १० वटा प्रयोगशालाले करिब ३० हजार स्याम्पल्स सिक्वेन्स गरिएको छ । यसैलाई दृष्टिगत गर्दै हालै कन्सोर्टियममा १८ थप प्रयोगशाला जोडिएका छन् ।

डेल्टा स्ट्रेनका कारण नै खतरनाक भयो दोस्रो लहरः

डेल्टा वा B.1.617​ भेरियन्ट, जसलाई डबल म्यूटेन्ट स्ट्रेन पनि भनिन्छ, महाराष्ट्र र दिल्लीमा अत्यधिक फैलिएको पाइयो । यसकै कारण यहाँ महामारीको दोस्रो लहरले नराम्रोसँग प्रभावित गरेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रका थुप्रै शहरमा जिनोम सिक्वेन्सिङ गरिएको आधाभन्दा बढी स्याम्पलमा B.1.617​ भेरियन्ट भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप