शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मङ्गलबार, २५ जेठ २०७८, १० : ४४
मङ्गलबार, २५ जेठ २०७८

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा प्रस्ताव पेश गरेका हुन् । 

मुख्यमन्त्री भट्टलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ।  एमालेको ओली खेमाको असन्तुष्टिका बीच विश्वासको मत दिने निर्णय भएको हो । सुदूरपश्चिममा एमालेको माधव नेपाल पक्षको बहुमत रहेको छ।  यस्तै काँग्रेसले आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ । 

यस्तो छ प्रदेशको अंकगणित
५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । 

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।  प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ७ जनामात्र ओली पक्षका छन् । एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ । 

एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै विश्वासको मत दिने निर्णय भइसकेको छ । यसको नतिजा स्वरुप ओली पक्षले फ्लोर क्रसको सम्भावना रहेको छ । 

यस्तै प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप