बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डि ब्रुयानेले बराबरी गरे रोनाल्डो र हेनरीको कीर्तिमान

मङ्गलबार, २५ जेठ २०७८, १० : ०३
मङ्गलबार, २५ जेठ २०७८

म्यानचेस्टर सिटीका केभिड डु ब्रुयानेले लगातार दोस्रोपटक पिएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्लेयर्स फुटबलर्स एशोसियसन (पिएफए) ले प्रदान गर्ने यो अवार्ड यसअघि हेनरी थिएरी र क्रिष्ट्रियानो रोनाल्डोले मात्रै लगातार दुई वर्ष जितेका थिए ।

२०१९–२० को सिजन पहिलोपटक अवार्ड जितेका ब्रुयानेले यसपटक फेरि अवार्ड जित्नेक्रममा रुबेन डायस, इल्के गुन्डोगान र फिल फोडेनको चुनौती सामना गर्नुपरेको थियो । यी तीनवटै खेलाडी म्यानचेस्टर सिटीबाटै खेल्छन् । 

म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज र टोट्टेनह्यामका ह्यारी केनलाई पनि यस अवार्डको दाबेदार मानिएको थियो । ब्रुयानेले यस वर्ष सिटीलाई  काराबाओ कप र इंलिस प्रिमियर लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

सिटीले इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल यात्रा पनि गरेको  थियो । तर, फाइनलमा अर्को इंलिस क्लब चेल्सीसँग १–० ले पराजित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप