बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा भट्ट सरकारलाई काँग्रेसले साथ दिने

मङ्गलबार, २५ जेठ २०७८, ०९ : ५६
मङ्गलबार, २५ जेठ २०७८

सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ । मुख्यमन्त्री भट्टले  आज विश्वासको मत दिँदैछन् ।

नेपाल पक्ष भट्टलाई विश्वासको मत दिने पक्षमा देखिएको छ । तर नेपाल पक्षका केही सांसद भट्ट सरकार जोगाउन नहुने पक्षमा रहेको बुझिएको छ । एमालेको नेपाल पक्षका मानिएका १८ जना सांसदले साथ नदिए भट्टलाई काँग्रेसले समर्थन गर्नुपर्ने अवस्था छ ।

यता एमाले प्रदेश कमिटीले भट्ट सरकारको विपक्षीमा उभिन ह्वीप जारी गरेको छ । तर यसअघि स्थायी कमिटीले सरकारबाट समर्थन फिर्ता लिन दिएको निर्देशन संसदीय दलले अवज्ञा गरेको थियो ।

जसकारण प्रदेश कमिटीले १० जना सांसदलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ । अहिलेसम्म केन्द्रबाट उनीहरुमाथि कारबाही भने भएको छैन ।

नेपाल पक्षका केही सांसदले भट्टलाई विश्वासको मत नदिने परिस्थिति बने नेपाली काँग्रेसले पनि सघाउने सहमति भएको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच उक्त समझदारी बनेको छ ।

 


काँग्रेस नेता एनपी​ साउदले पनि केन्द्रको गठबन्धनको मर्म अनुसार काँग्रेसले भूमिका निभाउने रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप