बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युरोकपअघि जर्मनीको फराकिलो जित

मङ्गलबार, २५ जेठ २०७८, ०९ : ४०
मङ्गलबार, २५ जेठ २०७८

युरोकपअघिको अन्तिम मैत्रिपूर्ण खेलमा जर्मनीले फराकिलो अन्तरको जित निकालेको छ । जोआचिम लोको प्रशिक्षणमा रहेको टोलीले लात्भियामाथि ७–१ को जित निकालेको हो । 

प्रशिक्षक लोआचिमले ३–४–३ को फम्र्याटमा टोली उतारेका थिए । जहाँ, रोबिन गोसेन्स लेफ्ट विंग ब्याक, जोसहुवा किम्मिच राईट फ्ल्यांक तथा टोली क्रोस र इल्के गुन्डोगान मिडफिल्डमा थिए । 

गोसेन्सले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए भने इल्के गुन्डोगान, थोमस मुलर र सर्जे जिनाब्री तथा रोबर्टस् ओजोल्सले  आत्मघाती गोल गर्दा जर्मनी पहिलो हाफमा ५ गोलको अग्रता लिन सफल भयो । 

दोस्रो हाफमा टिमो वेर्नर र लेरोय सानेले थप गोल गर्दै जर्मनीको अग्रता फराकिलो बनाए ।

जर्मनीले युरोकपको सुरुवाती खेलमा जुन १५ मा फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप