बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आज तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मङ्गलबार, २५ जेठ २०७८, ०६ : १९
मङ्गलबार, २५ जेठ २०७८

विसं २०७८ साल जेठ २५ गते मङ्गलबार । इस्वी सन् २०२१ जुन ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–त्रयोदशी, १६ घडी १७ पला,  बिहान ११ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी, ०३ घडी १७ पला, बिहान ०६ बजेर २८ मिनेट उप्रान्त रोहिणी । योग–अतिगण्ड, ०४ घडी ३१ पला,  बिहान ०६ बजेर ५८ मिनेट उप्रान्त सुकर्मा । करण– वणिज,  बिहान ११ बजेर ४० मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ४१ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष, दिउँसो ०१ बजेर ०७ मिनेट उप्रान्त बृष । 

काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी २८ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिहानको समय राम्रो रहेकाले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।  मध्यान्हबाट समय मध्ययम रहेकाले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाडिन सक्छन्, ध्यान दिनुहोला ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ । यात्राको सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मायाप्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । साँझपख बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा विशेष ध्यान दिनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार व्यावसायमा लगानी गर्न केही समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सङ्गत गर्दा ध्यान दिनुहोला, गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला, कष्टकर पनि हुन सक्छ ।
 
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
बिहानको समय राम्रो रहेकोले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आर्थिक अवस्था कमजोर रहने हुनाले घरपरिवारका आवश्यकताहरू पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू)
पढाइलेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
बिहानको समय मध्यम रहेकाले सवारी साधन तथा अन्य वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटना घट्न सक्छन् । प्रेममा एकअर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकाले राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।  

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घरपरिवारका सदस्यहरूको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला, पेटसम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा विचार पु¥याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बिहानको समय राम्रो रहेकाले पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले खानपान तथा मौसमको  ख्याल गर्नुहोला, छाती तथा श्वास प्रश्वाससम्बन्धी समस्या आउन सक्छ । अरूकै लहैलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बिहानको समय मध्ययम रहेकाले आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकाले लेखन कलाको माध्ययमले आफ्ना भनाइ जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईंकै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जाँगर आउनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप