विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल पराजित

विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।
जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलमा जोर्डनले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो । जोर्डनले गोलका लागि कयौं अवसर प्राप्त गरे पनि नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए ।
नेपालले मध्यान्तरपछिको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्ने आकर्षक अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन । नेपालका नवयुग श्रेष्ठ ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न चुकेका हुन् । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह