
एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्टेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।
सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए ।
सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय सङ्घ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पुर्याउन सफल भएको जानकारी दिए । अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पुर्याउन आग्रह गरे ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ