एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग
गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।
सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए । सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय सङ्घ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पु¥याउन सफल भएको जानकारी दिइन् । अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पु¥याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा