केन्द्रीय संस्करण

तिलोत्तमामा यस्तो बन्दैछ अत्याधुनिक बस टर्मिनल

person explore access_timeजेठ २४, २०७८ chat_bubble_outline0

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अत्याधुनिक बस टर्मिनल बन्ने भएको छ ।  उक्त बस टर्मिनलको डिजाइन काठमाडौंको डेकोर स्टुडियोले एक महिना लगाएर तयार पारेको हो  ।

तिलोत्तमा नगरपालिकाको प्रस्तावमा लुम्बिनी प्रदेश सरकारको ३० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत बजेट साझेदारीमा तिलोत्तमाको टिकौलीगढमा बन्न लागेको बस टर्मिनल निर्माणका लागि संघिय सरकारले १ करोड ६६ लाख बजेट पठाई सकेको छ ।

प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा उक्त बजेट आई सकेको र टेण्डर प्रकृयामा जान लागेको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार तिलोत्तमा नगरपालिका १३ र १४ को बीचमा पर्ने टिकौलीगगढमा १८ विगाह क्षेत्रफलमा बस टर्मिनल बन्नेछ । बस टर्मिनल  गौतमबुद्ध विमानस्थलबाट ६ किलोमिटर उत्तरमा पर्दछ ।

बुटवल र भैरहवमा रहेका बसपार्कले सवारीसाधनको चाप खेप्न नसकिरहेको अवस्थामा तिलोत्तमाले  बस टर्मिनलको प्रस्ताव प्रदेश र संघीय दुबै सरकारमा लगेको नगरप्रमुख घिमिरेको भनाई छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  हुँदै लुम्विनी भ्रमणका लागि आउने अन्र्तराष्ट्रिय यात्रुहरुलाई समेत उपयोगी हुनेछ ।  त्यस नगरपालिकाले डिपिआर र जग्गा तारवारका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्टाएको छ ।

यस्ता हुनेछन् सुविधा

बस टर्मिनलमा २ सय ५० वटा सम्म बसहरु लामै समय सम्म पार्किङ गर्न मिल्ने क्षमताको बन्ने छ भने ३० वटा बसहरुले नियमित आवत जावत सेवा प्रवाह गर्न सक्नेछन् ।

बस टर्मिनलमा पेट्रोल पम्प, आवास गृह ,सुविधा सम्पन्न होटल रेष्टुरेण्ट , फोन चार्जिङ स्टेशन, लामो र छोटो दुरीका सवारी साधनका लागि बेग्ला बेग्लै पार्किङ क्षेत्र हुने छ भने भित्रै सवारी साधन मर्मतका लागि वर्कशप राखिने छ ।  त्यहाँ एकै साथ १० वटा  सम्म यातायातको मर्मत सम्भार गर्न सकिनेछ ।

बस टर्मिनलभित्र आकर्षक पार्क, प्रतीक्षालय, यात्रुहरु र  चालक दलका लागि बेग्ला बेग्लै का शयन कक्ष, सुरक्षा चौकी, स्वास्थ्य चौकी, डिजिटल टिकट काउन्टरहरु हुनेछन् । 

एक हजार वर्ग मिटर क्षेत्रफलमा बस टर्मिनल भित्रै यात्रुहरुले किनमेल गर्न पाउने ३० वटा पसल राख्ने पनि डिजाइन गरिएको छ ।  

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.