माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिन्डर ४० लिटरको ३०, अक्सिजन सिलिन्डर १० लिटरको १० र पिपिई सेट ७०० विभिन्न स्रोतबाट प्राप्त गरेको थियो । ती स्वास्थ्य सामग्री सम्बन्धित प्रदेश इञ्चार्ज मार्फत पठाइएको सो पार्टीले जनाएको छ । यस्तै, सर्जिकल ग्लब्स ४५ र स्यानिटाइजर २०० रहेका छन् । ती स्वास्थ्य सामग्री पार्टीको प्रवास समन्वय समितिबाट प्राप्त भएका सामग्री हुन् ।
यस्तै, स्वास्थ्य विभाग र संगठनबाट प्राप्त सर्जिकल मास्क आठ हजार २०० , पीपीई गाउन ४०० लगायतका स्वास्थ्य सामग्री पठाइएको छ । सो अवसरमा अध्यक्ष दाहालले सहयोग उपलब्ध गराइदिने छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताप्रति पार्टीको तर्फबाट धन्यवाद दिएका थिए । कोरोना महामारीको विषम परिस्थितीमा आम जनस्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान पुर्याउन गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले कोरोना सङ्क्रमित सबैको स्वास्थ्यको कामना समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
-
डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
-
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक
-
स्पेनिस ला लिगा : गेटाफे २-० ले विजयी