बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘विश्व बैंक समूह युवा सम्मेलन २०२१’मा नेपाली प्रतिनिधि युवा वैज्ञानिक निश्चल बानियाँ छनौट

सोमबार, २४ जेठ २०७८, १९ : ४७
सोमबार, २४ जेठ २०७८

काठमाडौं । विश्व बैंक समूह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनौट भएका छन् । दुई दिने उक्त कार्यक्रम भर्चुअल माध्यममा जेठ २६ र २७ गते चल्नेछ ।

यो सम्मेलन विश्व बैंक समूहको सबैभन्दा ठूलो स्वयंसेवीहरुको संस्था युथ–टु–युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो । युथ–टु–युथ नेटवर्कले युवाहरुको सशक्तीकरणमा काम गरिरहेको छ । 

अन्तर्राष्ट्रिय स्तरमा युवाहरुले सामना गरिरहेको विभिन्न चुनौतिहरुलाई सम्बोधन गर्न युवाहरुलाई सशक्तीकरण गर्ने, युवाहरुलाई प्रभावकारी परियोजनाहरूमा संलग्न गराउने साथै युवा, विश्व बैंक समूह र अन्य सरोकारवालाहरु बीचको अन्तरक्रिया प्रोत्साहन गर्न विश्व बैंक समूहले सन् २०१३ देखि सम्मेलनको आयोजना गर्दै आएको छ।
 
‘रेजिलियन्ट रिकभरी फर पिपुल एण्ड प्लानेट’ नारा सहित आयोजना हुन गइरहेको यस सम्मेलनमा विभिन्न विषयहरूसँग सम्बन्धित सत्रहरु र प्रतिस्पर्धात्मक गतिविधिहरु हुनेछन् ।  

सहभागिहरुले जलवायु परिवर्तन सम्बन्धि चुनौतिहरुलाई सम्बोधन गर्नको लागि आवश्यक छलफल गर्ने र विश्व बैंक समुहका विज्ञहरुबाट सम्बन्धित विषयहरुमा परामर्श लिने अवसर पनि पाउनेछन् ।

यस कार्यक्रममा बिश्व बैंक समूहको वरिष्ठ उपाध्यक्ष डा सन्दी ओकोरो, विश्व बैंकका वातावरणीय अर्थशास्त्री डेभिड काकजान, संयुक्त राष्ट्र महासचिवका युवाहरुको लागि दूत जयथ्मा विक्रमनायाके लगायत वक्ताहरूको सहभागिता रहनेछ ।

बानियाँ बाग्मती युनेस्को क्लबका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले क्लब​को सिफारिसमा सम्मेलनको सहभागिताका लागि आवेदन दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप