बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरबाट लागु औषधसहित १ युवक पक्राउ

सोमबार, २४ जेठ २०७८, १९ : ४१
सोमबार, २४ जेठ २०७८

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर ५ चिसापानी बिहानी टोलबाट २० बर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो ।

सडकमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा सुनारको शरीर खानतलासी गर्दा ११० मिलि ग्राम लागुऔषध (ब्राउनसुगर) बरामद गरिएको सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 
पक्राउ परेका अर्जुन सुनार माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप