शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ दिनमा १ लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेका छौं : मेयर शाक्य

सोमबार, २४ जेठ २०७८, १९ : २८
सोमबार, २४ जेठ २०७८

मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको हो । मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए ।

काठमाडौं महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए । जेष्ठ नागरिकसँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उनलाई पनि पालो नहेरिकन खोप लगाउन सहजीकरण गरिने पनि उनले जानकारी दिए  । २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप